२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा ११ जिल्ला न्यायाधीशको सरुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

 

काठमाडौं । न्याय परिषद बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। आज (बिहीबार) बसेको परिषद बैठकले उच्च अदालतका दुई न्यायाधीशको काज सरुवा र  ११ जिल्ला न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश किरण कुमार पोखरेललाई उच्च अदालत विरागनगर,इलाम इजलासमा काजमा पठाइएको छ । उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश रेखा थापा पाण्डेलाई उच्च अदालत  विराटनगर, इलाम इजलासमा सिफारिस गरेको छ । उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र  खरेललाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा खटाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी परिषद् बैठकले सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकर बहादुर राईलाई कास्की जिल्ला अदालतमा सिफारिस गरेको छ । यस्तै जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवाललाई तनहुँ जिल्ला अदालत,काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेलाई जाजरकोट जिल्ला अदालत, सुनसरी जिल्ला अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्याललाई रुपन्देही जिल्ला अदालतमा सिफारिस गरिएको हो ।

दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवलाई धनुषा जिल्ला अदालत,धनुषा जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीलाई दाङ जिल्ला अदालत, मुगु जिल्ला अदालतका न्यायाधीश रामानन्दप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै तनहुँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोखरेललाई सोलुखुम्बु जिल्ला अदालत,सिराहा जिल्ला अदालतका न्यायाधीश आनन्दराज पन्तलाई जुम्ला जिल्ला अदालत (कालिकोट जिल्ला अदालतमा समेत कामकाज गर्नेगरी), रुपन्देही जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बराललाई सुर्खेत जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतका न्यायाधीश मिनबहादुर कुँवरलाई मुगु जिल्ला अदालतमा सरुवा  गरिएको हो ।

सरुवा भएकामध्ये न्यायाधीश अर्याल हाल रुपेन्देही जिल्ला अदालत,न्यायाधीश अधिकारी सिन्धुली जिल्ला अदालत,न्यायाधीश आनन्दराज पन्त कालिकोट जिल्ला अदालत,न्यायाधीश बराल सुर्खेत जिल्ला अदालत र न्यायाधीश कुँवर जिल्ला अदालत मुगुमा काजमा थिए । यस्तै न्याय परिषद् बैठकले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३० बमोजिम काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार तथा भक्तपुर जिल्लामा मुकायम रहनेगरी बाल अदालत भक्तपुर गठन गर्न सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]