१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

दाङमा मिटरब्याज असुलेको आरोपमा एक व्यवसायीको नेकपा बहुमतको कार्यकर्ताले नाक काटियो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

 

दाङ । मिटर ब्याज असुलेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताले दाङ घोराहीका एक व्यवसायीको नाक काटि दिएका छन् ।

आज बिहान घोराहीको विपी चोक स्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाक चक्कुले काटेका हुन् ।

घाइते बस्नेत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किसकेका छन् ।

नाक काट्ने नेकपा बहुमतका कार्यकर्ता फरार रहेका र खोजी भइरहेको दाङ प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिए ।

नेकपा बहुमतका कार्यकर्ताले यसअघि अर्का मिटरब्याजी दुर्गाप्रसाद पन्तलाई कालोमोसो दलेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।