२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नवदुर्गा भवानीको पुजा आज पनि देशभर जारी

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

  • खिमराज गिरी

असोज १५,काठमाडौं । देशको विभिन्न ठाउहरुमा आज पनि नवदुर्गा भवानीकाृ पुजा जारी रहेको छ । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने प्रचलन रहेको छ ।

नेपालीहरुको महान चाड दर्शै नजिकिएसँगै हरेक मानिसहरुको घर घरमा उमङ्ग छाएको छ । देशका विभिन्न स्थानमा माता नवदुर्गा भवानीको पुजा गरिदै आएको छ । कँहि कतै घर परिवार र प्रायः ठाउँहरुमा विभिन्न उद्येश्यको लागि गठन भएका समितिमार्फत आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म नवदुर्गा भवानीको पुजा गर्ने चलन भएवमोजिम तारकेश्वर नगरपालिका वडा नं.८, गैरी गाउँ पञ्चेश्वर महादेवको मन्दिरस्थित नवदुर्गा पुजा व्यबस्थापन समिति, गैरी गाँउको आयोजनामा अन्तर जिल्ला मैत्री सेवा समाज, लाली गुरास टोल सुधार समिति, नवश्रृष्ठी हातेमालो समाज, पञ्चेश्वर महादेव व्यबस्थापन समिति, जेष्ठ नागरिक समाज तथा सम्पूर्ण भक्तजनहरु आदिको सहयोगमा घटस्थापनाको दिनदेखि पुर्णिमाको दिनसम्म प्रत्येक दिन पुजा गर्नुकोसाथै विभिन्न कार्यक्रमको आयोजना गर्दै भजन किर्तन तथा नाचगानमा रमाएर भव्यताकासाथ रमाइलो गरी मनाइन्छ ।

यसरी हाम्रो समाजमा धार्मिक तथा साँस्कृतिक विविधता भएतापनि विभिन्न चाडवाडहरुको माध्यमबाट सामाजिक एकताको गाँठो बलियो भएकोले नै हामीलाई एक आपसमा मिलेर बस्न सजिलो भएको हो । जसले गर्दा हामीलाई एक आपसमा भातृत्वको भावना साटासाट गरेर दुःख सुखमा मिलिजुलि बस्न सजिलो भएको छ र समाजमा सय दिन बोलचाल बन्द भएका मानिसहरु पनि जव जव चाड पर्वहरु आउँछन अनि हर्ष र विष्मातले सहअस्तित्वको भावनामा डुबेर सहयोगी हातहरु अगाडि बढाउने कुरामा तत्परता देखाउँछन् । त्यसैले यी चाडबाडहरु समय समयमा आउनु भनेको छरिएर रहेका पारिवारिक सदस्यहरुको साथै समाजमा हरेक वर्ग, पेशा, धर्म, जात जाती, भाषा भाषीहरुविचको सम्बन्धलाई झन गाढा वनाउने माध्यमकोरुपमा प्रष्फुटित भएका हुन्छन् ।

यहि भाइचारा प्रवृत्तिमा रमाउन सिकेका छन् तारकेश्वर नगरपालिका अन्तर्गतका विभिन्न स्थान विशेषका मानिसहरु । यसरी नवदुर्गा भवानीको पुजाआजाको लागि विभिन्न व्यक्तिहरुको सहयोग जारी नै छ र स्थानिय सरकार अर्थात तारकेश्वर नगरपालिकाले पनि धार्मिक मान्यतालाई प्रोत्साहन दिन र समाजमा भएका विभिन्न पेशा, वर्ग, धर्म आदि मान्ने मानिसहरुलाई अझ भाइचाराको प्रवृत्ति विकास गराउन अझ भन्नुपर्दा सामाजिक एकता कायम गर्नको लागि नगरपालिकाको तर्पmबाट केहि आर्थिक सहयोग उपलब्ध गराउने हो भने धार्मिक मान्यतामा आधारित सभ्य समाजको निर्माण गर्न टेवा पुग्ने थियो कि ।
जय नव दुर्गा भवानी !

समावेशी टोल, तारकेश्वर नगरपालिका ८, काठमाण्डौ 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]