१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

श्रीमानले गरे आत्महत्याः शव दाबी गर्दै सात श्रीमतीबीच झगडा, पुलिससमेत चकित

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

असोज १५, काठमाडौं । यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको शवलाई यदि एकैपटक सात ‘श्रीमती’ ले दाबी गर्छन् भने अचम्मित हुनु स्वभाविक हो ।

आत्महत्यापछि शवमाथि अधिकारको ‘युद्ध:

आइतबार हरिद्वारमा एक ४० वर्षका व्यक्तिले आत्महत्या गरेका थिए । हत्यापछि शवमाथि अधिकार जताउनका लागि सुरुमा त पाँच महिला अगाडि भए । समस्या त्यतिबेला निम्तियो जब यी सबैले मृतककी श्रीमती भएको दाबी गरे र आफ्ना ‘श्रीमान्’ को जीवनमा अन्य कुनै महिला भएको बारे आफूलाई कुनै जानकारी नभएको बताए । घण्टौंसम्म चलेको नाटक र झगडापछि मृतकको दाहसंस्कार गरियो । पुलिसले पाँच महिलाको दाबीमाथि अनुसन्धान गरिरहेकै बेला अन्य दुई महिलाले मृतक आफ्नो श्रीमान् भएको दाबी गर्दै पुलिस स्टेशन आइपुगे ।

समस्या सुल्झाउनका लागि पुलिसले प्रतिक्षा गर्नेः

पुलिसलाई अन्य महिलाले पनि शवमाथि अधिकार माग्ने हो कि भनेर शंका छ त्यसकारण पुलिसले यो समस्या सुल्झाउनका लागि हरिद्वार पुलिसले अझै केही दिन प्रतिक्षा गर्ने निर्णय गरेको छ । मृतक पवन कुमार ड्राइभर थिए ।

आर्थिक संकटसँग जुधिरहेका थिए पवनः

पुलिसका अनुसार आइतबार राती पवनले विष सेवन गरे । पवनकी कथित श्रीमतीले उनलाई बेहोसीको स्थितीमा एक नजिकैको अस्पतालमा भर्ना गराएकी थिइन् । उपचारको क्रममा पवनको मृत्यु भयो । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार पवन गम्भीर आर्थिक संकटसँग जुधिरहेका थिए । साथै, मृतकले निकै साधारण जीवनशैली अपनाइरहेका थिए र उनका धेरै साथी पनि नभएको अनुसन्धानमा पत्ता लागेको छ ।

 मृतकको अकाउन्टमा जिरो ब्यालेन्सः

सिटी पुलिस थानाका एसएचओ प्रविण सिंह कोश्यारीले टाइम्स अफ इन्डियालाई भने, ‘उनले यस्तो कदम किन उठाए भनेर हामी अनुसन्धान गरिररहेका छौं । जो महिलाले पवनलाई अस्पताल पुर्‍याएकी थिइन् उनले आफूलाई पवनकी श्रीमती बताइरहेकी थिइन् तर उनले आत्महत्याको कुनै पनि कारण बताइनन् । शवको पोस्टमर्टमका लागि अस्पताल पठाएका छौं ।’

पुलिस अधिकारीका अनुसार मृतक पवनको बैंक खातामा जिरो ब्यालेन्स थियो र उनी एक भाडाको घरमा बस्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!