१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

प्रहरी संगठन भित्र सरुवा बढुवा र महत्वपुर्ण जिम्मेवारीको प्रश्नन आउदा केलाई आधार मान्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०८, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्रहरी उपरीक्षक एसपी राजेन्द्र बाबु रेग्मीको विशेष लेख प्रहरीको स्थापना काल देखि नै यो प्रश्ननले सबैलाई घोचिरहेको छ।
आफू इमानदार ,सक्षम , काबिल, योग्य र बरिस्ठ भन्दै अरुलाई हिलो छ्याप्ने प्रबृत्तिले भबिष्यमा त्यो हिलो आफै तिर फर्किन्न सक्छ भन्ने हेक्का सम्बन्धित पक्ष्यले राख्नु जरुरी छ।
बिगतमा बिबादास्पद छवि,मुलुकको भोैगलिक अबस्थाको बारे शून्य ज्ञान आचरण,व्यवहार र संस्कारको बारेमा क सम्मको अध्ययन नगरेकाहरुले आफू शिशाको घरमा बसेर अरुलाई ढुङ्गा हान्नु काहाँ सम्मको मुर्खता हो ?
योग्यता , क्षमता र काबिल भनेको कठिन भन्दा कठिन समयमा कठिन कामहरूलाई कसरी ब्यबस्थापन गर्दै समाजमा आफ्नो छवि कस्तो निर्माण गरेको छ सोलाई मापन गर्दै त्यसले निर्धारण गर्नै कुरा हो।
संगठन वा संस्थामा रहदा बस्दा आफू भन्दा माथिल्लो तहलाई सम्मान जनक व्यवहार, आफ्ना ब्याजीहरुलाई मित्रबत व्यवहार गर्दै आफू भन्दा तल्लो स्तरका कर्मचारीलाई अपनत्व दर्शाउदै अगाडि बढनु होला।
घर जलाएर तापेको आगोले एक छिन त तातो होला ।जलेपछि फुङ्ग उडेको खरानी र आफ्नो बासस्थान घुमाउदा कति चोट पर्ला।
ब्यक्ति बलियो हुने नाउँमा संस्था र संगठनलाई कमजोेर बनाउनेहरुलाई इतिहासले कहिले माफी दिएको छ र?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।