०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

टिका सानु र मानसिंङको दशैँ तिहार गित दाजु बहिनी १ सार्वजनिक

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ ।

राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द टिका सानुकै रहेको छ ।

मानसिङ खड्काको लय रहेको उक्त गीतमा तिलक वलीले एरेन्ज गरेका छन । संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा  मानसिंङ खाड्का कै निर्देशन रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
एक गरिब परिवारको कथालाइ समेटर  दाजु बहिनी – १ गित  तयार  भएको छ ।  एक गरिव नेपाली पैसा कामाउने सपना बोकेर  खाडीमुलक पुगेको गीतमा देखाइएको छ । गीतमा भनिएको छ चर्किएको घरको सम्झना र साहुको रिन तिर्ने सपना बोकेर र दिन रात प्रदेशी भुमिमा प्ररिश्रम गरिरहेको छ ।
नेपालीहरुको महान चाड र गरिबकोको पिडा समेटेर गित तयार भएको छ । चुहिने घरको छानो र साहुको रिन तिर्ने सपना अपुरै रहेको गीतमा देखाइएको छ । पैसा कमाउने सपना बोकेर बिदेशिएको  शरिर लाशमा परिनत भै आउदाको पिडा भिडियोमा देखाइएको छ ।
टिका सानु,मानसिङ खड्का,धनमाया नेपाली,हुमा बि.क,सम्प्रीया खड्का लगायतको अभिनय रहेको गीतलाई सागर गौतमले छायाङ्कन् गरेका छन् ।
दाजु बहिनी १ गीत टिका सानुको युटुव च्यानलबाट सार्वजनिक भएको हो भने मोहन लामाको शृगार रहेको गीतको दृश्य निर्माण राजकुमार फिल्स प्रा.ली गरेको हो ।
हेर्नुहोस भिडियो :

https://www.youtube.com/watch?v=E7kMZVxszDQ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]