१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

कपिलवस्तु प्रहरीले पाटेबाघको छालासहित एकजना पक्राउ 

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १०, २०८१

 

कपिलवस्तु । विशेष सूचनाका आधारमा वडा  प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजको परिसरबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, गोलपार्क निवासी ४१ वर्षीय वसन्तप्रसाद भट्टराईलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा, उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा पाटेबाघको छाला फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईसँग बरामद गरिएको पाटेबाघको छालाको लम्बाई ६ फिट रहेको छ भने पुच्छरको लम्बाई २ फिट २ इन्च रहेको बताइएको छ। छालामा गोली लागेको जस्तो देखिने तीनवटा प्वाल पनि भेटिएको छ। उक्त छालाका साथै भट्टराईको नाममा रहेको लु ५८ प ९७५५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंसिर १० गते डिभिजन वन कार्यालय, चन्द्रौटा, कपिलवस्तु पठाइएको छ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता मोहनमणी अधिकारीले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।