१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

मंगलबारको राशिफल यस प्रकार रहेको छ

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, मंसिर ११, २०८१

मंगलबारको राशिफल यस प्रकार रहेको छ

दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।अध्ययनमा मन जाला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् ।

बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।प्रेम सम्बन्धमा मिठास छाउला ।मिष्ठान्न भोजन प्राप्त होला ।सामाजीक धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।प्रतिस्पर्दामा सफल भैएला ।योजना अनुसार काम बन्नले मन प्रसन्न हुनेछ।स्वास्थ्यमा भने ख्याल राख्नुपर्नेछ ।

मिथुन राशि -आज दिन मध्ययम फलदायि राहला । नजिकका व्यक्तिबाट धोका प्राप्त होला ।मित्र वा आफन्तसंग भेटघाटमा समय व्यतित हुनेछ ।पूराना समस्याहरु सुल्झाउन लागि पर्दा सफलता मिल्नेछ । विद्यार्थीको लागि आज मध्ययम फलदयि दिन रहेको छ । स्वास्थ्य मध्यमम रहला खानपानमा ख्याल गर्नुहोला ।

कर्कट राशि – वादविवाद बाट बचेर काम गर्दा शुभ होला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछैन ।कार्य गर्दा एकदमै ध्यान दिनु पर्नेछ । पढाईमा मन जाने छैन। स्वास्थ्यमा विशेष ख्याल राख्नु होला ।खर्च वढ्ला । पतिपत्निमा भने सुमधुर सम्बन्ध हुनेछ । लापरवाह वानिले दुख दिन सक्नेछ ।

सिह राशि -स्वास्थ्य अनुकुल हुनेछ ।जीवन साथीको सहयोगले सहजता होला ।कार्यक्षेत्रमा ज्ञान एवं लगनशिलताको प्रसंसा वढ्नेछ।रोकिएका कार्यहरु पुन : सुचारु होलान् ।कारोवारमा सहजता बन्नाले मन हर्षित हुनेछ ।मनका विकारहरु हट्नेछन् ।पुराना मित्रसंगको मिलनले मन प्रसन्न रहला । ईर्ष्या गर्ने स्वभाव छाड्दा उचित हुनेछ ।

कन्या राशि – मान सम्मानमा कमि होला ।कार्यक्षेत्रमा भने संन्जित धन प्राप्त होला ।आर्थिक कारोवार वलियो हुनेछ ।सोचेअनुरुप कार्य अगाडि वढ्नाले मन हर्षित् होला ।व्यवसायमा नयाँ कार्यहरु हात लाग्नेछन् ।साथिभाईको पूर्ण साथ मिल्नेछ ।तर पति पत्निमा मनमुटाव हुनेछ वादविवाद बाट वच्नुहोला ।

तुला राशि -ईच्छाईएका कार्यहरु सिद्द हुनेछन् ।प्रेम सम्बन्धमा सुमधुरता छाउला ।धार्मिक कार्यमा रुचि वढ्ला ।धैर्यताले कार्य गर्दा शुभफल प्राप्त होला ।समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।

वृश्चिक राशि -कार्यक्षेत्रमा पद प्रतिष्ठा प्राप्त होला ।साथीभाईको साथले कार्यमा सहजता छाउला ।आर्थिक पक्षबलियो हुनेछ ।आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । व्यवसायिक सफलता होला ।पारिवारीक सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।तपाईको कार्य कुशलताको प्रसंसा चल्नेछ ।

धनु राशि -पारिवारीक रमाईलो जमघट होला ।व्यवसायमा लगानि थप्न उपर्यक्त रहेको छ ।कार्यक्षेत्रमा सम्मान मिल्नेछ ।आर्थिक स्रोतहरु बढ्नेछन् ।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जीवन साथीको साथ मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला । वैदेशिक कार्यको शुभ समाचार सुन्न पाईएला ।

मकर राशि – यात्रामा विशेष ख्याल राख्नुपर्नेछ । सामान चोरीहुने वा हराउने हुन सक्छ ।रोकिएका कार्यहरु पून:सुचारु हुनेछन् ।व्यवसायमा केहीँ सकारात्मकता हुनेछ ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ धार्मिक एवं सामाजीक कार्यमा मन ।अरुको विश्वासमा पर्दा धोका प्राप्त हुनेछ ख्याल राख्नुहोला ।स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।

कुम्भ राशि- कानुन विपरीत कार्य गर्दा दुख पाईएला सजग रहनुहोला ।शुभ समाचारले मन प्रसन्न होला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला । व्यवसायिक सफलता मिल्नेछ । शिक्षा क्षेत्रमा राम्रो प्रगति होला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । न्यायिक कार्यमा सफलता मिल्ला ।

मिन राशि – व्यवसायमा सोचेअनुरु लाभ नमिल्दा मनमा चिन्ता वढ्नेछ ।विद्यार्थीका लागि पर्तिस्पर्दामा सफलता मिल्ला ।जोश जाँगर वढ्नेछ । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।उत्तरार्धमा धन खर्च होला । गाडिमोटर चलाउदा ख्याल राख्नु होला।पतिपत्निमा मनमुटाव वढ्नेछ ।दिन मध्ययम फलदायि रहला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]