२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सरकारले मिडिया काउन्सिल विभिन्न विधेयक पारित गर्ने साईबर सेक्युरिटी क्राईम सम्बन्धि नयाँ ऐन बन्दै,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, मंसिर ११, २०८१

सरकारले मिडिया काउन्सिल विभिन्न विधेयक पारित गर्ने साईबर सेक्युरिटी क्राईम सम्बन्धि नयाँ ऐन बन्दै,

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताउनुभएको छ ।

मङ्गलबार काभ्रेपलान्चोकबाट सञ्चालित मदानी बिट डटकमको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सञ्चार माध्यमहरूको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधेयक र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन ल्याउन लागेको बताउनुभएको हो ।

मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरूको नियमन भइरहे पनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा विकास गर्नका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मिडिया विधेयकसँगे सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, नियमन र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन समेत हिउँदे अधिवेशनबाट पास गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले ठुलो परिवर्तन भएको देखिने गरी कुनै काम नगरेको बताउँदै पुराना बिग्रेका साना-साना कुराहरूलाई सुधार गर्नेतर्फ सरकारले काम अघि बढाएको बताउनुभयो । “सरकारले देखिने गरी केही काम गरेको छैन, विगतमा भएका गल्तीहरूलाई सुधार गर्न लागेको छ, अहिले वन ऐन परिवर्तन गर्नुपर्ने आवश्यक छ, वन ऐनका कारण एउटा इआइए रिपोर्ट नभएका कारण एउटा रुख काट्न वर्षौँ कुर्नुपर्ने अवस्था छ, सार्वजनिक खरिद ऐनका कारण पूर्वाधार निर्माणको काम गर्न समस्या छ, समयानुकूल वन ऐन, सार्वजनिक खरिद ऐन, भूमि ऐन  परिवर्तन गर्नुपर्नेछ, यसतर्फ सरकारको ध्यान गएको छ” मन्त्री गुरुङले थप्नुभयो ।

उहाँले विभिन्न ऐन, कानुनका कारणले मन्त्रालयहरुबिच समन्वय नभएका कारण काम गर्न समस्या भएकोले सरकारले यी कार्यालयहरूबिच समन्वय गराउन, सरकारले अघि बढाएको काममा एकीकृत गराउनका लागि ऐन, नियमहरू समयानुकूल परिवर्तन गर्न लागेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा बिआरआई परियोजनालाई ऋणको रूपमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । “बिआरआई परियोजनालाई ऋणको रूपमा नेपाल सरकारले ग्रहण गर्दैन, भ्रमणमा अनुदानका कार्यक्रम सम्झौता हुन्छ ऋणसम्बन्धी सम्झौता हुँदैन, अहिलेको सरकारले जहाँ पायो त्यहाँ ऋण पायो भनेर हात थाप्ने पक्षमा छैनौ,” सरकारका प्रवक्ता गुरुङले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!