१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

जनकपुर बोल्टस टीमको जर्सीमा जानकी मन्दिरको लोगो राखेपछि मस्जिद राखिएको भन्दै विरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ११, २०८१

काठमाडौं । नेपालमा हुन लागेको नेपाल प्रिमियर लिगको लागि जनकपुर बोल्टस टीमको जर्सीमा जानकी मन्दिरको लोगो राखेपछि केही कथित हिन्दुवादीहरुले मस्जिद राखिएको भन्दै विरोध जनाएको छ ।

जानकी मन्दिरको बीचल्लो भागलाई जर्सीमा लोगोको रुपमा राखिएको देखिएको छ । जानकी मन्दिरको पूर्ण तस्विरको मुख्यद्धारको माथिल्लो भागलाई जर्सीमा राखिएको छ । डिजाइरले मन्दिरकै भागलाई काटेर राखेका छैनन् भने मन्दिरलाई नै आधार बनाएर डिजाइन गरेको बताईएको छ ।

जानकी मन्दिरको गोफा मोडेल र मस्जिदको गोफा मोडेल ९० प्रतिशतसम्म मेल खान्छन सोही अनुसार जनकपुुर बोल्टसको जर्सीमा मस्जिदको तस्विर राखिएको भन्दै केही कथित हिन्दुवादीले समाजिक सँजालमा भ्रम फैलाएको आरोप छ ।

जर्सीमा मन्दिरको डिजाइन यकिन गर्न डिजाइनको माथिल्लो टुप्पोमा धार्मिक झण्डा समेत राखिएको देखिन्छ । जानकी मन्दिरमा झुण्डयाइएको धार्मिक झण्डाको प्रतिकलाई लोगोमा देखाइएको छ । यसले मन्दिरकै तस्विर प्रयोग भएको भनेर यकिन गर्न सकिन्छ ।

टीमको नाम जनकपुर बोल्टस राखिएपछि जर्सीमा जानकी मन्दिरकै गोफा राखिएको दाबी गरिएको छ । डिजाइनरले केही मोडिफाइ गरिएको भनिएपनि मन्दिरको गोफासँग पूर्णतः मेल खाएको देखिएको छ ।

सोही गोफालाई विदेशको एक मस्जिदको गुगल फोटोसँग दाँज्दै समाजिक सँजालमा विरोधाभाष चलाएको हो ।

कथित हिन्दुवादी र केही कथित हिन्दुवादी संगठनहरुले समेत विरोध जनाउँदै जनकपुर बोल्टस्का कप्तान आशिफ शेखलाई लक्षित गरेको देखिएको छ । समाजिक सँजाल प्रयोगकर्ताहरुले गरेको टिप्पणी अनुसार, जनकपुर बोल्टसको लोगोलाई बहाना बनाउँदै कप्तान आशिफ शेखलाई टारगेट गरेको हो ।

यद्यपी, यसको बारेमा अधिकारिक धारणाको लागि हामीले जनकपुर बोल्टसका मालिक उत्सव सिग्देल र प्रबन्धक निरजी खतिवडासँग कुराकानी गर्ने प्रयास गरेपनि कुराकानी हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।