१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

फिल्म पूर्णबहादुरको सारङ्गी विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप मुद्दा दर्ता

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १२, २०८१

 

काठमाडौं । फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् ।

अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,’ रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले भने, ‘ऐनअनुसार अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिइएको हुँदा यो विषयलाई हामीले उतै पठाएका हाैं ।’

अधिकारीका अनुसार अजितले यसअघि ‘पूर्णबहादुरको सारङ्गी’का लेखकलाई ‘लाज’ कथा सुनाएका थिए । त्यही कथा र प्लटलाई हेरफेर गरेर यो फिल्म बनाइएको भन्दै अजितले निवेदन दर्ता गराएका हुन् ।

यसअघि लेखक शिवशंकर बस्यालले फिल्मको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथासँग हुबहु मिलेको भन्दै बौद्धिक चोरीको आरोप लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]