२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

लालमटिया जय दुर्गे भजन संरक्षण समूहले निलसागर सेवा आश्रममा भजनकृतन जिन्सी,खाद्यान्न प्रदान

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १२, २०८१

दाङ । देउखुरी राप्ती गाउँपालिका २ आश्रममा रहेका सडक मानबहरुलाई नास्ता समेत खुवाएको छ । वि.सं.२०८१ जेष्ठ २ गते विधिवत रुपमा स्थापना भएको जय दुर्गे भजन संरक्षण समूहले ६ महिना मै पहिलो पटक सामाजिक कार्य अन्तर्गत निलसागरमा आश्रित सडक मानबहरुलाई जिन्सी र खाद्यान्न प्रदान गरेको छ ।

पछिल्लो समय धर्म संस्कृति लोप हुँदै जान थालेको भन्दै संरक्षण गर्नु पर्छ भन्ने मुल उदेश्यका साथ बृद्धा र युवा पुस्तालाई मिलाएर जय दुर्गे भजन संरक्षण समूह गठन गरिएको समूहका सचिव शिबा खनालले जानकारी दिइन् । साथै अहिलेका नयाँ पुस्तामा धर्मकर्म गर्ने प्रचलन हराउँदै जान थालेको र पश्चिमी संस्कृति हाबी हुन थालेको भन्दै सनातन हिन्दु धर्मको संरक्षण गर्ने प्रमुख उदेश्यका साथ १७ सदस्यीय भजन समूह गठन गरिएको सचिव खनालले बताइन् ।

समूहका अध्यक्ष डण्डपानी भण्डारीको नेतृत्वमा आएको भजन समूहले राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा भजन कृतन गर्दै जिन्सी, खाद्यन्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई खिर, पुरी र अचार सहितको नास्ता समेत खुवाएको थियो । सो अवसरमा उक्त भजन समूहका १५ जना सदस्यहरुले ब्यक्तिगत रुपमा नगद सहयोग समेत गरेका छन् । १५ जनाबाट कुल ५ हजार ३ सय २० रुपैयाँ नगद सहयोग प्राप्त भएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए ।

यसरी नगद सहयोग प्रदान गर्नेहरुमा समूहका लालमणि भुसाल १ हजार, तारा पोख्रेल १ हजार ५०, राधा बन्जाडे ५ सय १०, शिवा खनाल ५ सय, भगवता न्यौपाने ५ सय, खिमादेवि कुमाल ५ सय, पिमा कँवर २ सय ५, रामप्रसाद अधिकारी २ सय, निता भट्टराई २ सय, सर्मिला थापा २ सय, यमादेवि अधिकारी १ सय ५, हरिदेवि खत्री १ सय, माया थापा क्षेत्री १ सय , सुस्मिता थापा १ सय र युवराज रेग्मी ५० रुपैयाँ प्रदान गर्नु भएको आश्रमका कार्यबाहक अध्यक्ष चौधरीले जानकारी दिए ।

यसैबीच आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले सहयोग प्रदान गर्ने भजन समूहलाई धन्यबाद ज्ञापन गरेका छन् । उनले संसारमा सबै भन्दा ठुलो धर्म भनेको दिनदुखीलाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म रहेको बताए । उनले भजन समूहले आश्रममा गरेको दान सबै भन्दा ठुलो धार्मिक कार्य भएको भन्दै प्रशंसा सहित धन्यबाद ज्ञापन गरेका थिए । आश्रममा हाल करिब ३० जना सडक आश्रित मानबहरु बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!