१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बिहीबारको राशीफल यस प्रकार रहेको छ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १३, २०८१

बिहीबारको राशीफल यस प्रकार रहेको छ

दाङ । तुल्सीपुर मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीले विरोध गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा गढबढी आउनसक्छ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : राम्रो कुरा भन्छु भन्दाभन्दै नराम्रो अर्थ लाग्नसक्छ। अप्ठेरो बोलीले व्यवहारमा समस्या हुने जोखिम छ। हरेक कामका लागि स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। अप्रिय खबरले खानामा अरुचि बढ्नेछ। परिवारसँगको सम्बन्ध दरिलो बन्ने योग छ।

मिथुन : दिन सहज छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ। परिवारको साथ मिल्नेछ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कर्कट : दिन सामान्य छ। साना कुरामा झन्झट बढ्नेछ। साथीले साथ दिएकाले राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। व्यापारमा तपाईंको दिन सहज रहेको छ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन सहज छ। दाजुभाइसँगको परामर्शमा गरेको निर्णयले सफलता प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। मन शान्त हुनेछ।

कन्या : तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। नाफामुखी क्षेत्रमा लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। अरुलाई खराब भन्नुभन्दा आफूले आफ्नो बानीमा सुधार गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : तपाईंका राशिमा प्रभावकारी चन्द्रमा पुगेका छन्। सोचेका काम बन्नेछन्। मनमा खुशी मिल्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैली परिवर्तन गर्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। वक्र गतिमा रहेका बुध तपाईंकै लग्नमा बसेका छन्। साना कुरामा ठुलो झन्झट हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयासबाट नाफा हुनेछ। परिवारमा साना कुरामा मनमुटाव हुनसक्छ। बिहान गणेशको चिन्तन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइको सहयोग मिल्नेछ। राज्यको नोकरीमा भए बढुवा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सहज छ। स्वास्थ्यले साथ दिएको छ। अन्त्य साढेसाती दशा भए पनि शुभ ग्रहको बहुमत छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सबै काम सहजै बन्नेछन्।

कुम्भ : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा देखिएका विकल्पबाट मन खुशी हुनेछ। कुण्डलीमा शनिदेव सकारात्मक भए उन्नति हुनेछ। ३, ६ र ११ औं स्थानमा शनिदेव भएमा दिन सहज बन्नेछ।

मीन : दिन सहज छ। निजी वा एक्लो प्रयासले गरेका काम सहजै बन्नेछन्। साथीले दिएको सल्लाह खराब हुनसक्ने भएकाले सचेत बन्नुपर्नेछ। आज एकल निर्णय तपाईंका लागि फलदायी हुनेछ। गणेशको पूजा गरेर सुरुवात गरेमा दिन सहज बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तुविद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
ठेगाना: तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
फोन नं.: 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]