१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशभरमै कार्यसम्पादनमा पहिलो नम्बरमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर १३, २०८१

काठमाडौं । गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो भएको हो।

२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ। डडेल्धुराबाहेक सुदूरपश्चिमको कञ्चनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ। कञ्चनपुर आठौं स्थानमा छ।

यस्तै दार्चुला १९, डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८, बैतडी प्रशासन ६३ औं स्थानमा छन्।

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]