बाँके । नेपालगंज उप-महानगरपालिकामा रहेका ई-रिक्साहरुलाई ब्यवस्थापन तथा प्रभावकारी बनाउने उद्देश्यका साथ करिव ३० जना ई-रिक्सा चालकहरुलाई ट्राफिक नियम,
पार्किङ स्थान, यात्रु ओर्लने स्थान लागयतका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले प्रशिक्षण कार्यक्रम प्रदान गरेको छ ।