१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

सोमबारको राशिफल यस प्रकार रहेको छ,

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिको प्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । विशिष्ट व्यक्तिसंगको साथले कार्यमा सहजता प्राप्त होला । साझेदारिमा गरिएको कार्यमा सफलता मिल्नेछ ।दिन रमाईलो संग बित्नेछ ।

मिथुन राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ ।सामान्य चोटपटको भए रहेको छ सतर्क रहनुहोला ।उमङ्ग उत्साहमा कमी आउला । कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ । निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।

कर्कट राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ । नयाँ कार्यको थालनि होला । लामो समयदेखि रोकिएका कार्यले तिव्ररुप पाउनेछन् ।एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – व्यक्तिगत जीवनलाई सन्तुलन राख्नु पर्नेछ ।हर्ष उल्लासमा दिन बित्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । पारिवारीक सुख प्राप्त हुनेछ ।

कन्या राशि – अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।वैदेशिक कार्यले तिव्रता पाउनेछ । अरुलाई छिटै प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ । पारिवारी सुख प्राप्त होला । खानपानमा भने अलिक ध्यान दिनु पर्नेछ ।सामान्ने स्वास्थ्य विग्रनाले मन अशान्त रहनेछ ।

तुला राशि – अधिकार प्राप्त गर्न अलिक वढि संघर्ष गर्नुपर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला । चन्चलता वढ्नाले काममा बाधा उत्पन्न होला । वोल्दा अलिक ख्याल गर्नु होला ।व्यवसायमा भने सोचेअनुरुप सफलता मिल्ने छैन ।

बृश्चिक राशि – साहित्यिक क्षेत्रमा रुचि वढ्नेछ । बिशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्यपनि सहज हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला ।धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।

धनु राशि – दैनिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको साथ प्राप्त हुनेछ ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।

मकर राशि – कुटुम्वको साथले दिन रमणिय बन्नेछ ।कार्यमा केहि चुनौति रहन सक्छ तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ ।वैदेशिक क्षेत्रका अधुरा कार्यहरु अगाडि वढ्नेछन् ।व्यवसायले विस्तारै गति लिनेछ ।प्रेमीप्रेमिका विच सम्वन्ध सुमधुर हुनेछ ।

कुम्भ राशि – आफूलाई कमजोर भएको महशुस हुनेछ। नजिकका व्यक्तिवाट धोका पाईएला सजग रहनुहोला ।झन्झटिलो कार्यमा संलत्न भैएला ।फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला ।प्रेम सम्वन्धमा बाधा उत्पन्न होला । अवसरहरु गुम्नसक्नेछन् ।

मिन राशि – मङ्गलकार्यको योजना बन्नेछन् ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।दिन आनन्दमय रहनेछ ।रोकिएका अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]