२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार खड्गराज शाही निर्वाचित,

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

कपिलेश्वर । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टीले नेकपा माओवादी केन्द्रबाट खोसेको छ। यहाँ नेमकिपाका उम्मेदवार खड्गराज शाही निर्वाचित भएका छन्। आइतबार मतदानलगत्तै भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार १४३ मतसहित शाही निर्वाचित भएका हुन्।

उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्। नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्।

यसअघि माओवादीका परबहादुर शाही अध्यक्ष थिए। उनको २०७९ मा मृत्यु भएको थियो। माओवादीका शाहीले त्यसबेला २३४ मत ल्याएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेमकिपाका दिपबहादुर शाहीले १६१ मत ल्याएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!