२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवाको तयारी २० एसएसपीको दरबन्दी रिक्त

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका केही डीआईजीमा बढुवा भएका र केही एसएसपीबाटै अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो। यसअघि एआईजी र डीआईजी बढुवा भएकाले अब एसएसपीमा बढुवा गर्न लागिएको हो।

जसमा रिक्त २० पदका लागि २ ब्याचका एसपीहरू लबिइङ गरिरहेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका एसपीहरू अहिले बढुवाका लागि जोड गरिरहेका छन्।

यीमध्ये पनि दुईपटकमा एसपी भएका झन्डै ५० जना मुख्य दाबेदार देखिएका छन्।

यस्तै, २०५६ को टोलीका गोविन्द अधिकारी, विनोद सिलवाल र विमलराज कँडेल पनि अहिले एसएसपीमा बढुवा हुने सूचीमा छन्।

बाँकी २०५८ सालको टोलीका एसपीहरू एसएसपी बन्ने सूचीमा छन्। यो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए। उनी अहिले पनि अघिल्लो वरीयतामै बढुवा हुने सम्भावना बढी छ।

यस्तै प्रकाश रानाभाट, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन्। रन्जु सिग्देल अहिले एसएसपीमा बढुवाका लागि एक्लो महिला प्रतिस्पर्धी हुन्।

यहीँ ब्याचका तर एसपी बढुवामा पछि परेका टोलीबाट पनि केही अधिकारीहरू एसएसपीमा बढुवा हुनेछन्। जसमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराई लगायत पनि प्रतिस्पर्धामा छन्।

त्यस्तै प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला, चक्रराज जोशी पनि एसएसपी बन्न लबिइङमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]