२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

दुर्घटना न्यूनीकरण गर्न बाँके ट्राफिक प्रमुख पुष्कर पन्त सडकमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियानमा,

Logo
सागर थापा प्रकाशित सोमबार, मंसिर १७, २०८१

 

बाँके । चिसो मौसमसँगै बढ्दै गएको हुस्सु र रातिको कम दृश्यताका कारण दुर्घटनाको जोखिम बढेपछि यस्तो अभियान सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार, रिफ्लेक्टिभ स्टिकरले टाढैबाट टल्किने भएकाले सडकमा सवारीसाधनलाई सहजै चिन्ने र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्नेछ। “रिफ्लेक्टिभ स्टिकर टाँस्नुका साथै चालकलाई ट्राफिक नियमबारे जानकारी प्रदान गरिरहेका छौँ। यो अभियान दुर्घटना न्यूनीकरणको लागि प्रभावकारी हुने विश्वास छ,” पन्तले बताउनुभयो।

ट्राफिक प्रहरीले पहिलो चरणमा नेपालगन्ज क्षेत्रबाट अभियान सुरु गरेको छ। वरिष्ठ सई प्रविण आचार्यले ब्याकलाइट नहुने सवारी साधनको पछाडिको भागमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य भइरहेको जानकारी दिनुभयो ।उहाँले सबै प्रकारका सवारीसाधनमा स्टिकर टाँस्न निर्देशन दिइसकेको र आगामी दिनमा यसलाई अन्य क्षेत्रसम्म विस्तार गरिने बताउनुभयो।

चिसो मौसममा हुस्सुका कारण दृश्यता कम हुँदा विशेष गरी रातिको समयमा दुर्घटनाको जोखिम उच्च हुने गर्दछ। ट्राफिक कार्यालयका अनुसार, यस्तो अवस्थामा रिफ्लेक्टिभ स्टिकरले सवारी साधनलाई दृश्य बनाउने भएकाले दुर्घटनामा कमी आउनेछ।

यस अभियानले दुर्घटनामा कमी ल्याउन र चालकहरूको चेतना स्तर उकास्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै सुरक्षित यात्राका लागि सहयोग गर्न अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!