२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

टिकटकले नेपालमा दुई महिनामा नियम विपरीत पोष्ट भएका ६ हजार ७८ भिडियो हटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १९, २०८१

 

काठमाडौं । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९३ दशमलव २ प्रतिशत भिडियो २४ घन्टाभित्र हटाएको टिकटक प्रतिनिधिले जनाएको हो ।

काठमाडौंमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसँगको समन्वयमा टिकटकले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । कार्यक्रममा टिकटक प्रतिनिधि सिद्रा जलिलले टिकटकले नियमन गर्न बनाइएको निर्देशिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

मर्यादित र व्यवस्थित टिकटक प्लेटफर्म बनाउन उमेर समूहसमेत छुट्याइएको प्रस्तुतकर्ता जलिलले बताए । टिकटकमा सीधै म्यासेज गर्न १६ वर्ष उमेर पुगेको हुनुपर्ने, लाइभमा बस्न १८ वर्ष उमेर पुगेको हुनुपर्ने लगायत निर्देशिका टिकटकले निर्धारण गरेको छ । यद्यपि, प्रयोगकर्ताको सामाजिक सञ्जालको सही सदुपयोग गर्नेबारे चेतना अभावका कारण गाइडलाइनको सही पालना नभएको उनले बताए ।

कार्यक्रममा दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिरदौस मोक्ताकिनले डिजिटल साक्षरता र अनलाइन सुरक्षा प्रवर्धनमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्ध रहेको बताए ।

विशेषगरी बालबालिका र युवाहरूको अनलाइन सुरक्षामा निश्चित ‘गाइडलाइन’ बनाएको उनले जानकारी दिए । नेपालमा सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको बताउँदै उनले टिकटक प्रयोगकर्ताको सुरक्षामा विशेष चासो रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाछ ५३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोलागाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ […]

काठमाडौं । *घटनाको विवरण:* थाई भ्लगर पशुपति क्षेत्रमा भिडियो खिच्दै हिँडिरहेका बेला एक व्यक्तिले जबरजस्ती हात समातेर पैसाका लागि तान्ने प्रयास गरेका थिए। भ्लगर डराएर पछि हटेको र असहज मानिरहेको दृश्य भिडियोमा देखिन्छ। यो भिडियो अहिले TikTok, X र YouTube मा भाइरल छ। *यसले उठाएका प्रश्न:* 1. *पर्यटक सुरक्षा*: पशुपति जस्तो UNESCO विश्व सम्पदा सूचीमा […]

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

error: Content is protected !!