२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान लागूऔषध दुर्व्यसन सचेतनामूलक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २०, २०८१

 

दाङ । लमही नगरपालिका वडा नं. ६ स्थित आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङ
“हामी सवैको प्रतिबद्धता, लैंगिक हिंसा अत्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ मंसिर १० गते देखि संचालित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आज मिति २०८१।०८।१९ गते दशौँ दिन लमही नगरपालिका वडा नं. ६ स्थित श्री आदर्श नमूना माध्यमिक विद्यालय देउपुर दाङको प्राङ्गणमा लमही नगरपालिका दाङको आयोजना तथा वडा प्रहरी कार्यालय लमही दाङको समन्वय लागू औषध दुर्व्यसन र लैंगिक हिंसा नियन्त्रण सम्बन्धि सांगितिक प्रस्तुती सहित सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीज्यूको अध्यक्षता, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा ज्यू, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक इश्‍वर थापा, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, लमही नगरपालिका स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यपकहरु, आदर्श नमूना माध्यमिक विद्यालय देउपुरका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरु, स्थानीय यूवा क्लवका प्रतिनिधिहरु, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु, पुनस्थापना केन्द्रका प्रतिनिधि, स्थानीय आमा समुह, स्थानीय नागरिकहरु, संचारकर्मी, प्रहरी लगायत अन्दाजी ५०० जनाको सहभागितामा रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]