१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

एआईजी किरण बज्राचार्यद्वारा विभिन्न युनिटमा निरीक्षण तथा निर्देशन कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २०, २०८१

काठमाण्डौ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जले विगतको विषम् परिस्थितिको समयमा गरेको उद्दारको कार्यलाई प्रशंसा गर्दै , आगामी दिनहरुमा समेत काठमाण्डौ उपत्यका जस्तो अति संबेदनशिल क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विशेष समारोह, राजनैतिक कार्यक्रमहरुको सुरक्षा तथा हरेक विपद्को धडीमा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी ( Stand By) अवस्थामा रहन निर्देशन दिनुभयो ।
काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ रिजर्भ युनिट भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हतियार तथा लाठी प्रयोग सम्बन्धमा दक्षता प्रदानको निमित्त समय समयमा अनुशिक्षण गर्न निर्देशन दिनु हुदै भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा न्युनतम बल प्रयोगको सिद्दान्त अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।
आधुनिक समयमा नेपाल प्रहरी कर्मचारी समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी प्रहरी कर्मचारीलाई तालीमको समयमा प्राविधिकको समेत ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन बताउनु हुदै हरेक प्रहरी कर्मचारीले तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भयो । सेवा प्रवाहको स्तरमा प्रहरी कर्मचारीहरुको आचरणले प्रभाव पार्ने हुदा बोलि, वचन र व्यवहारमा सुधार गर्दै दुरुस्त पोशाकको प्रयोग गरी स्मार्ट प्रहरीको परिचय दिन समेत निर्देशन दिनु भयो ।
प्रहरी उपरीक्षकद्वय रन्जु सिग्देल र राजेन्द्र प्रशाद धमलाले सम्बन्धित कार्यालयको काम कार्वाहीको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]