२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो जवानदेखि भान्छे, कुचिकारसम्मको लागि,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो
जवानदेखि भान्छे, कुचिकारसम्मको लागि

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ । जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो । नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवानमा १ हजार १६५ पदमा भर्ना खुलाएको छ भने ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ ।नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिम केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।

भर्ना छनौट शाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट पनि फारम भर्ने प्रबन्ध मिलाइएको छ । आवेदन मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म दिन मिल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]