१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

ओली देउवा बीच फेरि धोकाधडी हुँदैन भन्न सकिँदैन’: राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर २२, २०८१

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिने परम्पराबाटै अगाडि बढेकाले यो सरकार भोलि नै ढल्दा पनि आश्चर्य मान्न नहुने बताएका हुन् ।

उनले नेपालको संविधानले ५ वर्षको आवधिक सरकारको परिकल्पना गरेको भएपनि दलहरुको कारण अस्थिर बनेको टिप्पणी गरे । उनले देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भनेर भन्न नसकिने बताए ।

‘कांग्रेस–एमाले गठबन्धन भोलि नै टुट्यो भने पनि आश्चर्य मान्नुपर्ने कुरा छैन । नेपालमा स्थिर सरकारभित्र अस्थिरता छ । ५ वर्षको स्थिरत सरकार छ, तर अस्थिर छ,’ उनले भने, ‘बेइमानी गर्ने र एकले अर्कोलाई धोका दिने त्यो उहाँहरुको परम्परा नै हो । त्यो परम्परा फेरि सुरु नहोला भन्न सकिँदैन । म उहाँहरुलाई चिन्छु । धोकाधाडी हुँदैन भनेर कसरी भन्नु ? पहिला उहाँहरुको रेकर्ड छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]