१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

तरुण दलको बाँके बन्दले जनजीवन प्रभावित सुरक्षा ब्यबस्था कडा

Logo
प्रकाशित शुक्रबार, कार्तिक २९, २०७६

  • महेन्द्र सिंह /खड्ग राना

कात्तिक २९, बाँके । बाँकेमा नेपाल तरुणदल नेपालगन्जले आव्हान गरेको बन्दका कारण बिहानै देखि जनजीवन प्रभावित भएको छ ।बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन विद्यालय, कलकारखाना व्यापार व्यावसाय प्रभावित भएका छन् ।

केही दिन अघि हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहको रिहाईको मागका साथै प्रहरी प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्ताहरुलाई अनाहकमा दुख दिएको भन्दै बन्द आव्हान गरीएहो हो । बन्द आव्हानकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगन्जको पुस्प लाल चोक धम्भोजी चोक बीपिचोक, कारकादो, खजुरा र कोहलपुर चौराह चप्पर गोरी लगायत कुसुममा झण्डासहित प्रदर्शन गर्नुको साथै आवागमन ठप्प पारेका छन् ।

तरुण दल बाँकेले प्रहरीले नगर सभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुख दिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!