१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले टु्युवेल प्रयोग गर्ने

Logo
प्रकाशित शुक्रबार, मंसिर १३, २०७६

मंसिर १३ ,बाँके ।  नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् ।

उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उनका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख भट्टले जानकारी दिए । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग दुई करोड ५७ लाखमा पाइपलाइन बिछ्याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ्याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ ।
संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]