२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

हिल्टन होटलको नक्सापास गर्न लाखौँ घुस बार्गेनिङ काठमाडौं मेयरको सल्लाहकारदेखि पीएसम्म भ्रष्टाचार,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

हिल्टन होटलको नक्सापास गर्न लाखौँ घुस बार्गेनिङ काठमाडौं मेयरको सल्लाहकारदेखि पीएसम्म भ्रष्टाचार

काठमाडौं । बालेन्द्र साह मेयरमा निर्वाचित भएर आएपछि देशको राजधानी काठमाडौँ महानगरपालिका चर्चाको शिखरमा छ । मेयर साहमा महानगर बनाउने हुटहुटी छ । उनले महानगरमा देखिनेगरी केही काम पनि गरेका छन् ।
तर मेयर साहको टीमका सदस्यहरूले गर्दा महानगरपालिका भ्रष्टाचारको दलदलमा फसेको तथ्यसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । उजुरी २०८१ मङ्सिर २१ गते दर्ता भएको हो । जसको दर्ता नम्बर सी–०३३२७५ रहेको छ ।

उक्त उजुरीमा मेयरले राखेका विज्ञहरूले मापदण्ड बिपरीत नक्सापास गर्नका लागि ठूला होटल र व्यापारिक कम्प्लेक्ससँग लाखौं बार्गेनिङ गर्ने गरेको उल्लेख छ । सुशासनका मामिलामा काठमाडौँ महानगरपालिका अत्यन्त कमजोर भएको र महानगरभित्र भ्रष्ट प्रवृत्ति मौलाएकोले त्यसलाई समयमै अनुसन्धान गरी रोकथाम गर्न उजुरीमा माग गरिएको छ । अख्तियारले विज्ञ अनुसन्धानकर्ता खटाई अनुसन्धान गर्न माग गरिएको छ ।

मेयरले राखेका टीमका सदस्यहरूले नै महानगरपालिकामा भवन निर्माण इजाजत तथा निर्माण सम्पन्नताको प्रमाणपत्र दिन घुस माग्ने गरेका छन् ।

काठमाडौँ महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले काठमाडौँको नक्सालमा रहेको होटल हिल्टनको निर्माण सम्पन्नको प्रमाणपत्र दिन घुस मागेका छन् । पाण्डेले

५ लाख र लामिछानेले १८ लाख घुस लिएको उजुरीमा उल्लेख छ ।

सुलभ अग्रवालको शंकर ग्रुपले निर्माण गरेको हिल्टन होटलले महानगरलाई अटेर गर्दै मापदण्ड बिपरीत नक्सापासबिना भवन निर्माण गरेको भए पनि बालेन साहले कुनै कारबाही गर्न सकेका छैनन् । बरु उनका सल्लाहकारहरूले नक्सापास गर्न मोटो रकम घुस बार्गेनिङ गरेको उजुरी अख्तियारमा परेको छ ।

त्यसो त विशाल पण्डितको बसेरा बुटिक होटलले सिंहदरबारभन्दा अग्लो भवन निर्माण गरेकोमा गृह मन्त्रालयले छानबिन समिति गठन गरी जफत गर्ने प्रतिवेदन दिए पनि महानगरका मेयर बालेन साहले कुनै कारबाही गर्न सकेका छैनन् ।

सर्वसाधारणले थोरै मापदण्ड मिच्दा घर भत्काउने मेयर साह र एसएसपी राजुनाथ पाण्डे हिल्टन र बसेरा होटलको सवालमा मौन बसेपछि प्रश्न उठ्न थालेको छ ।

बजारको नाममा २ सय ७५ स्टल खडा गरी व्यापार सञ्चालन गर्दै आएका छन् ।

उक्त फुटपाथ बजारका कुनै पनि स्टल नियमअनुसार व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्नेमा सो नगरिएको र बजार सञ्चालक पाण्डेले समेत दर्ता नगरी बुझाउनु पर्ने व्यवसाय कर वा आयकार नतिरी मासिक १ करोड २० लाख भाडाबाट आम्दानी गर्ने गरेका छन् । यसको कमिशन वडा नम्बर १० का सचिव सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेले समेत लिने गरेको स्रोतले जनाएको छ । यस कार्यमा मेयर बालेन शाहका स्वकीयसचिव भूपदेव शाह समेतको मिलेमतो रहेको उजुरीमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकाको ‘जहाँ खाली त्यहाँ हरियाली’ कार्यक्रममा अन्र्तगत प्रत्येक वडामा हरियाली प्रवद्र्धन गर्ने भन्दै प्रत्येक वडामा विनाप्रतिस्पर्धा १०–१० लाखको काम दिइएको छ । सार्वजनिक खरिद ऐन नियमसमेत पालना नगरी दिइएको यस्तो कामको कमिसन मेयर साहका स्वकीयसचिव भूपदेव एवम् मेयरका सल्लाहकार अर्जुन घिमिरेसम्म पुग्ने गरेको छ । सेटिङको यो चाँजोपाँजो भूपदेव र अर्जुनले मिलाउने गरेका छन् ।

राजस्व विभागका प्रमुख दीपक अधिकारी र एससपी राजु पाण्डेको मिलेमतोमा सडकमा राखिने डिजिटल विज्ञापन बोर्डहरूको राजस्व छलछाम गरी कमिसन खाई महानगरको राजस्वमा हानी गरेको उजुरीमा उल्लेख छ ।

उजुरीमा उल्लेख छ–सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नभएको ठेकेदारलाई दिएर कानुन विभाग प्रमुख बसन्त अधिकारी र खरिद ईकाइका प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् । यसको कमिसन भूपदेव सल्लाहकार सुनिल लम्सालले लिने गरेका छन् ।

मेयरको क्वाटर र सचिवालय मर्मत गर्दा १ करोडको काम १० टुक्रा गरी विनाटेन्डर कोटेसनमा काम दिएर खरिद प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेका छन् । साथै यसमा कमिसन बापतको रकम स्वकीयसचिव भूपदेव र सल्लाहकार सुनिलसमेतले लिने गरेका छन् ।

त्यसैगरी महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा खरिद एकाई प्रमुख रामरतन, मेयरका आईटी विज्ञ सल्लाहकार सुदिप ढकाल र सन्तोष पाण्डे तथा सुनिल लम्सालसमेतको मिलेमतोमा विनाप्रतिस्पर्धा टिप्पणी आदेशको भरमा गरिएको छ । करोडौँको सामग्री खरिद गर्ने गरेको सफ्टवेयर खरिदमा चरम अनिययिमतता गरिएको छ ।

महानगरका एससपी राजुनाथ पाण्डेले यसअघि २०७२ सालमा रानीमहल गजल भवनको निर्माण कार्यमा तत्कालीन कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारसमेतलाई गलत सूचना प्रवाह गरी रु ७ लाख घुस खाएको बिषय गुपचुप राखिएको छ ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!