१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सांसद सुनिल शर्माको प्रश्न: गृहमन्त्रीले जीवी राईलाई किन पक्राउ अहिलेसम्म गरेनन्?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकलाई तीखो प्रश्न गर्दै, आफूले अघिल्लो सरकारको बेला उठाएको मुद्दालाई अहिले सरकारमा आएपछि किन सम्बोधन नगरेको भन्दै प्रश्न उठाएका छन्।

सांसद शर्माले गृहमन्त्री लेखकलाई स्मरण गराउँदै भने, “हिजो हामी सरकारमा थिएनौँ, उहाँ हाम्रो प्रमुख सचेतक हुनुहुन्थ्यो। उहाँले हामीलाई सदनको अगाडि बोलाएर नाराजुलुस गर्न लगाउनुभयो। ह्वीप जारी गर्नुभयो। हामीले ‘जीवी राई खोइ? किन पक्राउ गर्दैन?’ भनेर नाराजुलुस गर्‍यौँ।”

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि जीवी राईलाई पक्राउ गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाउँदै शर्माले भने, “अब उहाँ गृहमन्त्री हुनुहुन्छ। पक्राउ गर्नु उहाँकै दायित्व होइन?”

सांसद शर्माले सरकारले पत्रकार रवि लामिछानेलाई ‘ह्यारेस’ गरेको आरोपसमेत लगाउँदै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भने, “के सरकार व्यक्तिगत स्वार्थ र पूर्वाग्रहमा आधारित कदम चालिरहेको हो?”

सांसद शर्माको यो प्रश्नले सदनमा चर्चा र सरकारको निर्णय प्रक्रियामाथि प्रश्नचिन्ह खडा गरेको छ। गृहमन्त्री लेखकले भने यसबारे कुनै जवाफ दिएका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]