१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

दाङ । आन्तरिक सुशासन प्रबर्द्धनका लागि सार्वजनिक सुनुवाई कार्ययोजना” बमोजिम आज मिति २०८१।०८।२५ गते घोराही उपमहानगरपालिका वडा नं. १ काँडाखुट्टी स्थित वडा कार्यालयको प्राङ्गनमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनज्यू, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालयका तथा संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समूह तथा महिला समुहका प्रतिनिधिहरु, स्थानीय नागरिकहरु लगायतको उपस्थितिमा समाजमा शान्ति सु-व्यवस्था कायम राख्न, समाजमा विद्यमान कुरीति, कुसंस्कार एवं सामाजिक अपराध न्यूनीकरण गर्न र अपराध न्यूनिकरणको लागि गरिएका पहलको

सम्वन्धमा नागरिकहरुलाई अवगत गराउने उदेश्यका साथ आयोजित नागरिक सुनुवाई कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रमुख उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले गरेको प्रयास र समुदायको भुमिका विषयमा जानकारी दिनुको साथै सहभागिहरुबाट आएका जिज्ञासा तथा सवालहरुको सहजिकरण गर्नु भई उक्त नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]