१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँकेको नेपालगन्ज धम्बोझी चोकमा २५ गते देखि ट्राफिक लाइट सिग्नेल संचालनमा आयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २६, २०८१

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालयको ट्राफिक प्रहरी ईकाई नेपालगन्जका इन्चार्ज बरिष्ठ सई प्रबिण आचार्यले मंगलबार दिउसोदेखि ट्राफिक लाइट संचालनमा ल्याएका हुन् ।

पहिलो चरणमा धम्बोझी चोकमा संचालन गरिएको उनले बताए । १० दिन ट्राइल गरेर त्यसपछि बिपी चोकमा जडान गरिएको ट्राफिक लाइट संचालन गरिने उनले बताए ।

तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरेको ट्राफिक लाइट जडान भएको झन्डै एक वर्ष पछि मंगलबारबाट पूर्ण रुपमा संचालनमा आएको हो।

यसअघि संचालनमा ल्याइए पनि तयारी पुरा नभएको भन्दै स्थगित गरिएको थियो। अब बिहान ८ बजेदेखि दिउसो १२ बजेसम्म र दिउसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म ट्राफिक लाइट संचालन हुने बरिष्ठ सई आचार्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]