१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपाल प्रहरीका नयाँ ८ डीआईजीले पाएनन् जिम्मेवारी,सशस्त्र प्रहरीमा महिनौंदेखि बढुवा रोक्का,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २६, २०८१

 

काठमाडौं । स्रोतका अनुसार भोलि उनीहरूले जिम्मेवारी पाउने छन्। गत १६ मंसिरमा सरकारले ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई डीआईजीमा बढुवा गरेको थियो।

अब उनीहरूको पदस्थापन र केही प्रदेशका डीआईजी (प्रमुखहरू) को जिम्मेवारीसमेत हेरफेरको तयारी भइरहेको छ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्र रिक्त छ भने उपत्यका ट्राफिकको नेतृत्व केही सातापछि रिक्त हुँदैछ। यसैक्रममा रिक्त पदमा गण्डकी प्रदेशकी डीआईजी दुर्गा सिंह चन्द र उपत्यका ट्राफिकका भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी पनि छ।

त्यसकारण उनीहरूको बढुवाले रिक्त हुने स्थानमा डीआईजीलाई पठाउनेबारे पनि छलफल भइरहेको स्रोत बताउँछ।

एआईजी केदार ढकालले शुक्रबार अवकाश पाइसकेका छन् भने अर्का एआईजी भिम ढकालले बिहीबार अवकाश पाउँदैछन्।

यता असारदेखि नै प्रहरीमा एसएसपीका पद रिक्त रहेकोमा अहिलेसम्म बढुवा हुन सकेको छैन । हाल एसएसपीका २० दरबन्दी रिक्त छन् । तर प्रतिस्पर्धी ३८ जना भएकाले त्यसमा पनि सहमति हुन नसकेको स्रोत बताउँछ । एसएसपी बढुवाको समितिमा गृहसचिव अध्यक्ष हुने प्रावधान छ ।

यस्तै सशस्त्र प्रहरीमा अवस्था झन् बेहाल छ। सशस्त्रमा डीआईजीका दुई पद रिक्त भएको तीन महिना नाघिसकेको छ। तर राजनीतिक चलखेल हुँदा बढुवा प्रक्रिया रोकिएको छ।

सशस्त्रमा डीआईजीको बढुवा रोकिँदा तल्लो तहसम्मै त्यसको असर परेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]