१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

भारतीय प्रधानमन्त्रीका पूर्व निजी सुरक्षा अधिकारीले ओली नेतृत्वको सरकार एक महिनाभित्र ढल्ने दाबी,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर ३०, २०८१

भारतीय प्रधानमन्त्रीका पूर्व निजी सुरक्षा अधिकारीले ओली नेतृत्वको सरकार एक महिनाभित्र ढल्ने दाबी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एकताका सुरक्षा गार्ड (एनएसजी) रहिसकेका लक्की बिष्टले नेपालमा सरकार ढल्न लागेकाे ठोकुवा गरेका हुन्। अन्तर्राष्ट्रिय एजेन्सीको लागि काम गर्दा ‘सूचना’ सबैभन्दा महङ्गो हुने जनाउँदै उनले नेपालको सरकार छिट्टै ढल्न लागेको सूचना आफूसँग रहेको जिकिर गरे।

‘आज डिसेम्बर १२ तारिख हो,हाम्रो लागि महत्वपूर्ण विषय भनेको गुप्त सूचना हुन्छ’, नवभारत टाइम्ससँगको अन्तर्वार्तामा सनसनीपूर्ण खुलासा गर्दै बिष्टले भनेका छन्, तपाईंलाई आश्चर्य लाग्न सक्छ, तर म एउटा खुलासा गर्दिन्छु कि नेपालको सरकार ढल्नेवाला छ।’

उनले आफ्नो दावीलाई नोट गरेर राख्न पटक -पटक आग्रहसमेत गरेका छन्। ‘१५ दिनदेखि एक महिनाभित्र नेपालको सरकार ढलेको समाचार पढ्न पाउनुहुनेछ,जुन सरकार तीन/चार महिनाअघि मात्र बनेको थियो। त्यतिबेला तपाईंलाई  लक्की बिष्टले भनेको कुरा याद आउनेछ,यो कुरा नोट गरेर राख्नुभए हुन्छ’,बिष्टले दावाका साथ भनेका छन्।

नेपालको सरकार बनाउने र ढाल्ने खेलमा भारतको प्रत्यक्ष संलग्नता रहने भाष्य बनिरहँदा ‘रअ’का पूर्वअधिकारीले मिति नै तोकेर यस्तो दावी गरेपछि यतिबेला राजनीतिक बृत्तमा अनेकौँ आशंका सिर्जना भएकाे छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै सरकार ढल्न सक्नेसम्मको चर्चा चलेको थियो।

प्रधानमन्त्री स्वयंले भने भारत भ्रमणको तयारी भइरहेको बताउँदै आएका छन्। केही दिनअघि झापाको एक कार्यक्रममा उनले भनेका थिए, ‘मान्छेहरुले पत्याएका छैनन् होला,तर म भारत पनि जान्छु,तयारी भइरहेको छ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]