१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

वीरगञ्जको सिमानासँग जोडिएको भारतीय प्रहरीले एक निजी स्कुल बसबाट दुई क्विन्टल गाँजा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०३, २०८१

 

पर्सा । बिरगंज घटनामा संलग्न भएको आरोपमा बस चालकलाई नियन्त्रणमा लिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा यो छापामारी गरेको हो ।

भारतीय प्रहरीका डीएसपी धिरेन्द्रकुमारका अनुसार मङ्गलवार दिउँसो रामगढवा प्रहरीले एनजीएफ लेखिएको निजी स्कुल बसमा लुकाई छिपाइ राखिएको १८ वटा बन्डलमा प्याक गरिएको करिब दुई क्विन्टल अति प्रशोधित गाँजा बरामद गरेको हो । उक्त गाँजा रामगढवाबाट सुगौली पुर्‍याउने तयारी हुँदै गर्दा बरामद भएको बताइएको छ ।

रामगढवाका थानाध्यक्ष अमरजीतकुमारको नेतृत्वमा प्रहरीले रामगढवास्थित थाना गेटमै बसलाई रोकेर सघन तलासी गर्दा बसको डिक्कीमा लुकाइएको गाँजा फेला परेको हो । प्रहरीका अनुसार उक्त गाँजा मोतिहारीकै बेलहिया गाउँका मोहम्मद एकरामको घरबाट लोड गरिएको थियो ।

बसका चालक चडवा गाउँ निवासी लालबाबु मियाँलाई नियन्त्रणमा लिइएको छ । बरामद बस बेलहिया गाउँका मोहम्मद एकरामको स्वामित्वमा रहेको पाइएको छ, जसले बस एनजीएफ स्कुललाई भाडामा दिएका थिए । लागूऔषध कारोबारमा लामो समयदेखि सक्रिय रहेको एकराम हाल फरार रहेको बताइएको छ । उनका परिवारको राजनीतिक पहुँच रहेको पनि खुलासा भएको छ । मोहम्मद एकरामकी आमा रामगढवा क्षेत्र नम्बर ३ की पूर्व जिल्ला पार्षद् हुन् ।

भारतीय प्रहरीले बरामद गरिएको गाँजा नेपालबाट अवैध रूपमा तस्करी गरेर भारत प्रवेश गराइएको दाबी गरेको छ । उनीहरूको भनाइ अनुसार गाँजा नेपालकै पर्सा जिल्लाका विभिन्न नाका हुँदै भारततर्फ ओसारपसार गरिएको हो । बरामद गाँजाको बजार मूल्य झन्डै सात लाख रुपैयाँ रहेको छ ।

घटनाले नेपाल प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ । पर्सा प्रहरीले लागूऔषध र तस्करी नियन्त्रणका लागि कडा निगरानी रहेको दाबी गरिरहेको बेला ठूलो मात्रामा गाँजा पर्साका नाकाबाट भारत पुगेको भारतीय प्रहरीको दाबी छ । यसले नेपाल प्रहरीको कामकारबाही प्रभावकारी छ वा छैन भन्ने विषयमा आशङ्का उत्पन्न गरेको छ ।

भारतीय प्रहरीले सीमावर्ती क्षेत्रमा मादक पदार्थविरुद्धको अभियान अन्तर्गत एक हप्ताभित्र दुई ठूला सफलताहरू हात पारेको छ । यसअघि स्म्याक माफिया मोहम्मद असलमका सहयोगी रञ्जित यादवलाई स्म्याक निर्माणमा प्रयोग हुने रासायनिक पदार्थसहित पक्राउ गरिएको थियो । पछिल्लो सफलता भने दुई क्विन्टल गाँजाको बरामदका रूपमा आएको हो ।

गाँजा बरामद गर्ने अभियानमा सुगौली इन्स्पेक्टर अशोक कुमार पाण्डे, बेल्डरवा मठका एसआई विजय कुमार, पीएसआई सुमित कुमार, एसएसबीका जवान, चौकीदार रोशन पटेल, नवल किशोर यादवसहित दर्जनौँ प्रहरी अधिकारीहरूको सहभागिता थियो ।

घटनाले भारतीय प्रहरीको मादक पदार्थ नियन्त्रण अभियानलाई महत्त्वपूर्ण सफलता दिलाएको छ भने नेपालतर्फको सीमा क्षेत्रबाट हुने तस्करीमाथि थप निगरानीको खाँचो औँल्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]