१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सशस्त्र सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०३, २०८१

 

काठमाडौं । ५ जनाको संलग्नता, सवारी ज्यान र संगठितमा अनुसन्धान सुरु

सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई गाडीले ठक्कर दिएर ज्यान लिने समूहको पहिचान गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले १५ दिन लामो अनुसन्धानपछि गाडीले ठक्कर दिएर हत्या गर्ने समूहको पहिचान गर्न सफल भएको हो ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले पाँच जनाको समूहद्धारा सई यादवको हत्या भएको खुलेको बताए । ‘पाँच जनाको समूहबाट हत्या भएको खुलेको छ । जसमध्ये एक जनालाई पक्राउ गरेका छौं। बाँकी चार जना फरार छन्’ एसपी पण्डितले अनलाइनखबरसँग भने ।

यसअघि सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जसमध्ये एकजनाको संलग्नता खुलेको प्रहरीले जनाएको छ । हिरासतमा रहेकाको परिचय प्रहरीले खुलाएको छैन । अहिले पीडित परिवारकोतर्फबाट सवारी ज्यान र संगठित अपराधको कसुरमा किटानी जाहेरी समेत आइसकेको छ ।

पक्राउ परेकामाथि सवारी ज्यान र संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए । फरार रहेका चार जनामा नेपाली र भारतीय दुवै छन् । जसकारण अहिले भारतीय प्रहरीसँग समेत समन्वय गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालीहरु समेत फरार भएर भारत पुगेको आशंका प्रहरीले गरेको छ ।

यसअघि सुरुमा प्रहरीले सई यादवलाई ठक्कर दिने स्कर्पियो गाडीको पहिचान गरेको थियो । उक्त गाडी भारतीय नम्बर प्लेटेको रहेको खुलेपछि घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरी सफल भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]