१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

राष्ट्रिय अनुसन्धान विभागको व्यापक सरुवा र बढुवा सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा आज डीएसपीबाट एसपीमा बढुवा र केही एसएसपीहरुको एकैलटमा सरुवा गरिएको हो।

स्रोतका अनुसार डीएसपीबाट बढुवा हुनेमा उमेश पान्डे, हिरन्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मन्डल रहेका छन्।

यस्तै आजै एसएसपी दर्जाको पनि सरुवा गरिएको बताइएको छ। जसअनुसार सुदूरपश्चिमका निमित्त प्रमुखसमेत रहेका एसएसपी नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलर बनाएर पठाइएको छ। त्यहाँका राजन उप्रेती विभागमा तानिएका छन्।

यस अगाडि सुदूरपश्चिमबाट डीआईजी किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय तानेर निमित्तको रुपमा अधिकारीलाई सुदूरपश्चिम पठाइएको थियो। तर उनी पनि ३ महिना टिकेनन्।

यस्तै स्रोतले बताएअनुसार एसएसपी पप्पु शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभागमा पुगेका छन् भने एसएसपी नरेश शाहलाई विभागबाट एअरपोर्ट पठाइएको छ। त्यस्तै एसएसपी भुमी पाठक ललितपुरबाट विभाग पुग्दा रिबेन गच्छदार विभागबाट काठमाडौ जिल्ला पुगेका छन्।

यस्तै एसएसपी रमेश चन्द्र यादव सुरक्षा परिषद्बाट ललितपुर पुगेकोमा विकास पान्डेलाई काठमाडौबाट विभागमा सरुवा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । साथीहरू, हामी साँच्चै नै घोराही बनाउने हुटहुटी लिएर अगाडि बढेका छौँ। हाम्रो अभियान कुनै व्यक्ति, समूह वा संस्थाको विरोधका लागि होइन। हाम्रो उद्देश्य एउटै हो—घोराहीलाई अझ व्यवस्थित, समृद्ध, सुन्दर, आत्मनिर्भर र सम्भावनायुक्त सहर बनाउने। हामीसँग अहिले ठूलो बजेट छैन। हामी कुनै छुट्टै आम्दानी गर्ने ठाउँमा पनि छैनौँ। त्यसैले अभियानलाई अगाडि बढाउँदै गर्दा आफ्नो […]

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा […]

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]