२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

कोहलपुर नगरपालिकामा टेण्डर दर्ता क्रममा हानाहान नगरपालिका कर्मचारीको भागाभाग

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

महेन्द्र सिंह
बाँके मङ्सिर १९ कोहलपुर नगरपालिका भित्रै टेण्डर दर्ता क्रममा युवाहरु बिच कुटाकुट भएको छ । नगरपालिकाले केही दिन पहिले विभिन्न योजनाको लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र दर्ताको मंगलबार अन्तिम दिन थियो ।सोही क्रममा नगरपालिकाको कर्मचारी प्रशासन कोठा नम्बर ६ मा युवाहरु बिच हानाहान भएको हो । टेण्डर दर्ता गर्नका पुगेको एक समुहलाई अर्को समुहले रोक्न खोजेपछि उनीहरुबिच विवाद भएको थियो । सोही क्रममा युवाहरुको समुहले टेण्डर कागज समेत च्यातेका थिए । युवाहरुको समुहबिच नगरपालिका भित्रै झडप हुँदा कार्यालयको कुर्सी भाँचिएको थियो भने प्रिन्टर मेसिन फुटेको छ ।
कार्यालय भित्रै युवाहरुको झगडा भएपछि कर्मचारीहरु भने ज्यान जोगाउन कार्यकक्ष छोडेर नै बाहिर आएका थिए । ‘झडपले अझै उग्र रुप लिएको भए नगरपालिकाले समेत ठूलो क्षती व्यहोर्नुपर्ने थियो’ बाहिर निस्कीएका एक कर्मचारीले भने, ‘युवाहरु बिच नै झगडा भएपछि ज्यान जोगाउन बाहिर निस्किनुप¥यो ।’
कार्यालय भित्रै गुण्डागर्दी शैलीमा आक्रमण भएपछि केही समय कार्यालयको कामकाज समेत प्रभावित बनेको थियो । पछि प्रहरी बोलाएर स्थितीलाई नियन्त्रणमा ल्याउनुपरेको थियो । सडक बोर्ड नेपालले सडक मर्मत सम्बन्धी वार्षिक कार्यक्रम अन्तरगत चार वटा सडकहरु मर्मत गराउनुपर्ने भन्दै पत्र लेखेको थियो । सोही पत्रको आधारमा गत मंसिर २ गते कोहलपुरले नगरपालिकाले १५ दिनको समय दिएर शिलबन्दी बोलपत्रको सुचना प्रकाशन गरेको थियो ।
नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख कर्ण बहादुर थापाले टेण्डर दर्ता गर्ने क्रममा विवाद भएको बताए । ‘मैले तोक लगाउँदै थिए’ उनले भने, ‘तोक लगाउने क्रममा मैले हालेको टेन्डरमा किन तैले हाल्ने भन्दै युवाहरुबिच लफडा भएपछि आफुलाई तोक लगाउन मुस्किल भयो ।’ ठेकेदारहरुको नै एकआपसमा कुरा नमिल्दा झगडा भएको उनले बताए ।
नगरपालिकाका कर्मचारी प्रशासन उपशाखा प्रमुख दिपकराज उपाध्यायले विवाद झगडासम्म पुग्दा कार्यालयका एक कुर्सी र प्रिन्टिरमा क्षती पुगेको जानकारी दिए । ‘धैरै केटाहरुको हुल भित्र नै पस्यो’ उनले भने, ‘ठेकेदारहरुकै विचमा कुरा नमिल्दा झगडा भएको हो ।
सरकारी सामग्री तोडफोड गर्नु राम्रो काम होइन ।’ नगरपालिका सूचना अधिकारी हरी बहादुर वलीले स्थानीय सडकहरु मर्मत सम्भार गर्नका लागि चार वटा सडक निर्माण कार्यका लागि टेण्डर खोलिएको जानकारी दिए ।
‘सडक बोर्ड नेपालसँग बार्षिक कार्यक्रम अन्र्तगत चार वटा सडक मर्मत संम्भार गर्नका लागि सिफारीस गरेका थियौं’ उनले भने, ‘चार वटा सडकको लागि ४० लाख बराबरको सडक बोर्ड नेपालले व्यहोर्ने छ ।’ उनका अनुसार कैलास मन्दिर देखि दाङ पुर जाने सडक र अप्सरा रानाको घरदेखि पश्चिम लक्ष्मी बमको घरतर्फको सडक मर्मत गर्ने सम्बन्धी टेन्डर गरेको थियो ।
त्यसैगरी खेम प्रसादको घरदेखि सगरमाथा ज्ञानपुञ्ज जाने सडक मर्मत, चप्परगौडी थारु गाउँदेखि मध्यवर्ती निवुवा खड्कवार सडम मर्मत गर्ने सम्बन्धी टेन्डर भएको छ । यस्तै कोहलपुर नगरपालिका अधिकृत पुरुषत्तोम पोख्ररेलले चार वटा सडक मर्मतका लागि ३३ कम्पनीले टेन्डर हालेको जानकारी दिए ।
‘कैलास मन्दिरदेखि दाङपुर जाने सडकको लागि ११ वटा फर्मले टेन्डर हालेका छन्’ उनले भने, ‘अप्सरा रानाको घरदेखि पश्चिम लक्ष्मी बमको घरतर्फको सडक मर्मतका लागि ८ वटा फर्मले टेन्डर दर्ता गरे ।’
खेम प्रसादको घरदेखि सगरमाथा ज्ञानपुञ्ज जाने सडक मर्मतका लागि ३ वटा टेन्डर र चप्परगौडी थारु गाउँदेखि मध्यवर्ती निवुवा खड्कवार सडक मर्मतका लागि ११ वटा टेन्डर हालेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]