०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

मुटुको उपचारको लागि पत्रकार रिजाललाई महासंघ दाङले १ लाख २५ हजार सहयोग गरेयो

Logo
प्रकाशित शुक्रबार, मंसिर २०, २०७६

महेन्द्र सिंह
दाङ २० मंसिर मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ । महासंघले शुक्रवार रिजललाई नगद सहयोग गरेको हो ।
उपचार सहयोगार्थ पत्रकार।महासंघ दाङले १,२५,०६५९ (एक लाख पच्चीस हजार पैसंठी रूपैया) हस्तान्तरण गरिएको हो ।
पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष के,वि मसाल, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आर के।शीतलको उपस्थितिमा सहयोग हस्तारन्तरण गरिएको हो ।
रिजालको उपचारकालागी पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेको थियो । जसमा पत्रकार महासंघको केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।
पत्रकार महासंघले सहयोग अभियानमा जोडिनु भएका जिल्लाका सम्पुर्ण पत्रकार तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
साथै सहयोग गर्न ईच्छुक मित्रहरूलाई दाङ शाखा संग सम्पर्क गर्न पनि महासंघले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]