१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बार दाङको निर्वाचनमा अधिबक्तामा घिमिरे अध्यक्ष पदको लागि चुनाबी मैदानमा सयुक्त प्यानल

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

महेन्द्र सिंह घोराही,मसिर २१ नेकपा दाङले जिल्ला बार एशोसियसन दाङको नयाँ नेतृत्व चयनका लागि यहीँ मङ्सिर २८ गते हुन लागेको निर्बाचनमा शिबप्रसाद घिमिरे नेतृत्वको कांग्रेस निकट र कम्युनिष्ट निकट कानुन ब्यबसायीहरु मिलेर घोषणा गरिएको सयुक्त प्यानललाई समर्थन गरेको छ । नेकपा घोराही उपमहानगरका सयोजक राममणि पाण्डेले घिमीरे नेतृत्वको सयुक्त प्यानलमा उपाध्यक्षमा मणिराज आचार्य(मौसम)ले नेतृत्व गरेको भन्दै आचार्य रहेको प्यानललाई नै नेकपाको आधीकारीक समर्थन रहेको बताए । त्यस्तै नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले पार्टीको आधीकारिक निर्णय बाट नै सयुत्त प्यानललाई निर्वाचनमा पठाएको बताए । तर, घिमिरे नेतृत्वको सयुक्त प्यानलमा नेकपा निकट कानुन ब्यबसायीहरु उपाध्यक्ष, कोषाध्यक्ष र केहि सदस्यहरु पाएको छ । ऋषिराज न्यौपाने नेतृत्वको कांग्रेस र बामपन्थि कानुन ब्यबसायी मिलेर अर्को सयुक्त प्यानल चुनाबी मैदानमा छ । यो प्यानललाइ नेपाली कांग्रेस दाङले समर्थन गरेको छ । कांग्रेस दाङका सभापती कीर्तिबहादुर खड्काले न्यौपाने नेतृत्वको सयुक्त प्यानलको पक्षमा मतदान गर्न आग्रह गरेका छन । कांग्रेसमा न्यौपानेको विरुद्धमा सो पार्टीकै घिमिरेले बागी हालेका छन भने बामपन्थिमा आचार्यको विरुद्धमा उपाध्यक्षमा उनकै पार्टीका ठाकुर वलिले बागी हालेका छन । त्यस्तै सचिब र कोषाध्यक्षसहित अन्य सदस्यहरुमा पनि पार्टीका आधीकारीक एक अर्का उम्मेद्वार विरुद्ध मनोनयन दर्ता गराएका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!