२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुख पुष्कर पन्त नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउने अभियानमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष २४, २०८१

 

बाँके । नेपालगन्ज ट्राफिक नियमको बारेमा सचेतना अभियान संचालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउने अभियान थालेको छ ।

फुटपाथ अतिक्रमण गरि पसल संचालन भएपछि पैदल यात्रुलाई आउजाउमा समस्या भई ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि फुटपाथ ब्यवस्थापन अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

धम्बोझी चोकबाट सुरु गरेको फुटपाथ ब्यवस्थापन अभियान अन्तरगत पहिलो चरणमा नेपालगन्जका मुख्य र पैदल यात्रुको भिड्भाड हुने ठाउँमा सञ्चालन गरिएको बताए । उनले पहिलो चरण अन्तरगतको अभियानमा हालसम्म पुष्पलाल चोक, विपी चोक, घरबारी टोल, त्रिभुवन चोक, सदरलाइन, सुर्खेत रोडका फुटपाथमा अतिक्रमण गरि सञ्चालन भएका पसलका सामान हटाउन लगाएको बताए । ‘पहिलो चरणमा फुटपाथमा पसलका सामान नराख्न र राखिएका सामान हटाउन लगाएका छौँ,’ उनले भने ।

पहिलो पटक भन्दा पनि नहटाए वा सामान फेरि राखेको पाइए कानुन बमोजिम कारवाही गरिने उनले बताए । ‘दोस्रो पटक आउँदा फुटपाथमा सामान राखेको पाइए कानुनले दिएको अधिकार अनुसार ५ सय रुपैयाँ जरिवाना गरिने छ ।

लामो समयसम्म सडकमा मोटरसाइकल पार्किङ गर्ने ६५ जनालाई आर्थिक जरिवाना गरिएको बताए । पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राख्नेलाई ठाउँका ठाउँ जरिवाना गरिएको बताउँदै सडक ब्यवस्थित गर्न ट्राफिक प्रहरी कडा रुपमा प्रस्तुत भएको बताए । ‘ट्राफिक नियम उलंघन गरि सवारी साधन पार्किङ गर्दा सवारी साधन जाम हुने र सवारी दुर्घटना निम्तिने खतरालाई प्रवल रहन्छ । फुटपाथ ब्यवस्थापन र पार्किङ निषेधित क्षेत्रमा पार्किङ गर्ने कार्यलाई रोक्न सक्ने हो भने केहि हदसम्म दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।

अभियान अन्तरगत त्रिभुवन चोक र सदरलाइन क्षेत्रको फुटपाथ ब्यवस्थापन गरिएको बताए । ‘पहिलो चरणको फुटपाथ ब्यवस्थापन अन्तिम चरणमा पुगेको छ । यसलाई निरन्तरता दिँदै दोस्रो चरणको अभियान थाल्छौँ,’ बाँके जिल्ला ट्राफिक प्रमुख पन्तले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

error: Content is protected !!