२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपालगन्ज वडा प्रहरी निरीक्षक बस्नेतद्वारा ४ लाख ५० हजार मुल्यको एक ट्रक अबैध सुर्ती बरामद

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह
बाँके मङ्सिर २२ नेपालगन्ज वडा प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा सुर्ती जन्य प्रदार्थ बरामद गरेको छ।
आइतबार बिहान ३ बजे वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतको कमान्डको प्रहरी टोलीले नेपालगन्ज १६ जयसपुर इतरामबाबा मन्दिर पछाडी गाउँमा परालमा लुकाइराखेको एक ट्रक सुर्ती बरामद गरेको हो।
बिशेष गोप्य सूचना पाएर प्रहरी टोली जमुनहा गाउँ पुगेर जांच गर्दा सुर्ती बरामद गरेको वडा प्रहरी निरीक्षक बस्नेतले बताए। बस्नेतका अनुसार उक्त सुर्ती भारतबाट अबैध रूपमा ल्याएर राखिएको हो। उक्त सुर्तीको मूल्य ४ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
अहिले सुर्तीलाई वडा प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ। प्रहरी निरीक्षक बस्नेत नेपालगन्ज आएदेखि थुप्रै सराहनीय कार्य गर्दै आइरहेका छन् ।
नेपालगन्जको शान्ति सुरक्षा लगायत अबैध चोरीपैठारीका बस्तुहरु बरामद गर्दै आउँदा अहिले उनकै सक्रियतामा यति ठुलो परिमाणमा अबैध सुर्ती बरामद हुनु उनको ठुलो सफलता भएको छ। वडा प्रहरी बस्नेत निरीक्षकको कामको चो तर्फी चर्चा चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!