१० आश्विन २०८३, शनिबार
26-09-2026 , Sat
×

बाँके सिमानाकामा सशस्त्र प्रहरी ३० गणद्वारा शौचालय,खानेपानी र प्रतीक्षालयको निर्माण 

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०३, २०८१

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उद्घाटन गर्नु भएको छ ।
भारत सँग सीमा जोडिएको डुडुवा गाउँपालिकाको १ खडैचामा प्रतीक्षालय, खानेपानी ट्याङ्की र नरैनापुर १ सुइयामा शौचालय र खाने पानी ट्याङ्की २ लाख लागतमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्का बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो  ।

सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सीमा क्षेत्र नागरिकको सहायताका लागि शौचालय, खानेपानी र पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिनु भयो ।

सीमाका बासिन्दालाई फौजमा आकर्षित गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘बोर्डर एरिया डेभलपमेन्ट प्लान’ सञ्चालन गरिरहेको सो योजना अन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकता अनुसार सशस्त्र प्रहरीले धारा, प्रतीक्षालय र  शौचालय निर्माण गर्दै आएको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्‍याएको योगदान सराहनीय रहेको बताउनु भएको थियो ।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीलाई सुझाव दिनु भयो । उहाँले समाजसँगको सम्बन्ध थप प्रगाढ बनाउँदै लगे सशस्त्र प्रहरीको काम, कारबाही अझ प्रभावकारी बन्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र नै त्यहाँ उभिएको भान हुने गरेको बताउनु भयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतको सवालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्नु भयो  । उहाँले सशस्त्र प्रहरी सँग समन्वय गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक गजेन्द्र चन्द, वडा अध्यक्ष इसाक जोलाह, मसुद अहमद शाह सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर चन्द लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

नेपाल भारतका सुरक्षा अधिकारी बिच छलफल

शौचालयको उद्घाटन पश्चात् सुइया सीमाको प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकारीहरुले निरीक्षण गर्नु भएको थियो  ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्र कुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरी सँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी रिजाल सँग नेपालबाट गाँजा, चरेस र मदिरा भारततर्फ हुने तस्करी नियन्त्रण नभएको गुनासो गर्दै समन्वय गरिदिन आग्रह गर्नु भएको थियो।

प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल भारतको सिमानाको सुरक्षाको सवालमा गम्भीर रहेको बताउँदै तस्करी नियन्त्रण गर्न आफ्नो मातहतका निकायहरूलाई निर्देशन दिनु भयो ।

सीमा नाकामा शौचालय, खानेपानी र प्रतीक्षालय निर्माण गरेर दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी कमान्डेन्ट अमरेन्द्रले प्रशंसा गर्नु भएको थियो । उहाँले दैनिक दुई सय देखि ४ सय सम्म नागरिकहरू नेपाल भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]