१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भक्तपुरमा प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ…

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

काठमाडौं मङ्सिर २२ आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापा आइतबार बिहान पक्राउ परेका हुन् ।
ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले नगद ४ हजार रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेपछि उनलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!