२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

(रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही अदालतम्क बयान सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

 

भैरहवा । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।

बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला  अदालत रुपन्देहीका सूचना  अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान  सुरु भएको  जानकारी दिए । उनले बयान साँझसम्म चल्ने बताए ।

रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित  दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!