२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

भारतको पश्चिम महाराष्ट्र राज्यमा रेल दुर्घटना ११ जनाको मृत्यु ५ जना घाइते सनाखत हुन बाँकी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौं । भारतको पश्चिम महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घटनास्थल नजिकका स्थानीय सञ्चारमाध्यमका अनुसार रेलमा आगलागी भएको आशङ्कामा केही यात्रुहरूले आपत्कालीन ब्रेक (अलार्म चेन) तानेर रेल रोकेपछि उनीहरू रेलबाट ओर्लिएका थिए । तर, छेउको पटरीमा आएका अर्को रेलले उनीहरूलाई किच्दा दुर्घटना भएको हो ।

नाशिक क्षेत्रका वरिष्ठ रेलवे अधिकारी प्रवीण गेडमका अनुसार “घटनामा ११ जनाको मृत्यु भएको र ५ जना घाइते भएका छन् ।” भारतीय समाचार संस्था एएनआईले यसबारे जानकारी दिएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनास्थलमा एम्बुलेन्स पठाइएको र घाइतेहरूको उपचारको लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भने, “आपत्कालीन उपकरणहरू जस्तै सिसा काट्ने उपकरण, फ्लडलाइट लगायत तयारी अवस्थामा राखिएका छन् ।”

घटनास्थल भारतको आर्थिक राजधानी मुम्बईबाट करिब चार सय किलोमिटर टाढा पर्दछ ।

भारत विश्वकै चौथो ठूलो रेल सञ्जाल भएको देश हो, जसलाई ३० अर्ब डलरको लगानीमा आधुनिक बनाउन पहल भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रेलको कनेक्टिभिटी सुधारका लागि उक्त प्रयास भइरहेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]