०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

दक्षिण सुडान र इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ११, २०८१

 

काठमाडौं । सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि चण्डीप्रसाद गण (शान्ति सेना) ११ औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिकहरू सेनानी खिम बहादुर अधिकारीको नेतृत्वमा स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो । हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुई वटा गण तथा एउटा गुल्म गरी कुल १७५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

त्यस्तै, इराकमा तैनाथ नेपाली शान्ति सैनिकको टोलीलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।  उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी २१ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएसँगै नयाँ टोली गएको हो ।  हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]