०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

दाङको सिसहनियामा राप्ती आधारभुत अस्पतालको पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

Logo
बिदुर एमसी प्रकाशित शनिबार, माघ १२, २०८१

 

दाङ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफु पुगेको बताएका छन् । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, कालापानीमा राप्ती आधारभुत अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफुले नराम्रो संग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताएका हुन् ।

सरकारमा जान हतारो नभएको भन्दै आफू जनताको बीचमै रमाईरहेको पनि दावी गरे । ‘पछिल्लो चोटी नराम्रो धोका खाए मैले र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’ उनले भने ,‘सरकारमा जान हतारो छैन । जागरण अभियानलाई उचाईमा पुर्‍याउने संकल्प लिएको छु ।’

अध्यक्ष प्रचण्डले माओवादीका जनप्रतिनिधिले जितेका स्थानीयतह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादी नै हुने पुष्टि गरेको जिकिर गरे । उनले आफु सरकारमा हुँदा र सरकारबाट बाहिरिदा पनि निरन्तर जनताको पक्षमा जडिरहेको दावी गरे ।‘ सरकारमा हुदा र सरकारबाट बाहिर हुदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’उनले भने,‘सरकार होइन, म जनता संग रमाईराखेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेका गरेका थिए । उतिबेला शिलान्यास भएको अस्पताल मध्ये राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]