०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

तुलसीपुरका होटल व्यवसायी आचार्यमाथि आक्रमणप्रति विभिन्न संघसंस्थाहरूद्वारा गम्भीर आपत्ति,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ १३, २०८१

 

दाङ । तुल्सीपुर पाँच वटा संघसंस्थाले व्यवसायी आचार्यमाथि आक्रमण गर्ने दोषीलाई हदैसम्मको कार्बाहीको माग गरेका छन् ।

तुलसीपुर होटल व्यवसायी समिति, तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर र होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश लगायतका संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन जोड दिएका छन् ।

संघसंस्थाहरूले होटल व्यवसायीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउँदै यस्ता घटनाले व्यवसायीक वातावरणमा नकारात्मक प्रभाव पर्ने बताएका छन् ।

‘व्यवसायीमाथि आक्रमण हुनु दुःखद छ ।’ तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले भन्नुभएको छ ।–‘यस्तो घटनाले समाजमा त्रास फैलाउन सक्छ र व्यवसाय सञ्चालनमा समस्या उत्पन्न हुन्छ ।’

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी र महासचिव केशवराज केसी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा प्रसाद शर्मा , नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसी र महासचिव भद्र बहादुर वली र होटल व्यवसायी लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद बेलबासेले छुट्टाछुटै विज्ञप्ती जारी गरी दोषीमाथि कार्बाहीको मागसहित घाइते आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

व्यवसायी आचार्यलाई गत मंगलबार राती पौने ९ बजेतिर तुलसीपुर–३ राम्रीस्थित उहाँकै होटल ड्रिम वाटर एण्ड लजमा तुलसीपुर–९ का ३१ वर्षिय मुकुन्द सापकोटाले धारिलो हतियार (ग्रासी) प्रहार गरी घाइते बनाएका हुन् । सामान्य विवादमै आचार्यमाथि ग्रासी प्रहार भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]