०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

कुटपिटमा संलग्न प्रहरी अधिकारीमाथि कार्वाही हुन्छ डिआइजी : थापा

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

एबिसी संचार सम्बादाता
दशरथ रङ्गशालामा पत्रकार र सर्वसाधरणमाथि लाठी, लात्ती र मुक्का बर्साउने प्रहरी अधिकारीमाथि छानबिन हुने भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीले घटनाको बारेमा भर्खरै जानकारी पाएको भन्दै घटनाबारे छानबिन हुने बताएका हुन् ।
शान्ति सुरक्षाको प्रहरी तरिका यही हो भन्ने रातोपाटीको प्रश्नमा डिआइजी थापाले भने ‘मलाई घटनाबारे रिपोर्टिङ भइरहेको छ । घटनामा भएको के हो बुझ्छु र प्रहरी दोषी देखिए उनीहरुलाई कारवाही हुन्छ ।’
फिल्डबाट ती अफिसरलाई फिर्ता बोलाउनु भयो त भन्ने प्रश्नमा उनले भने, ‘अहिले फिर्ता गरेको छैन । बुझेर आवश्यक देखिएमा फिर्ता गर्छु ।’
मङ्गलबार नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्नका लागि टिकट किन्न रङ्गशाला पुगेका सर्वसाधरणमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । एक सर्वसाधरणलाई कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले लात्तीले हानिरहेका थिए ।
प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको तस्विर र भिडियो लिइरहेका नागरिक दैनिकका पत्रकार सुमन चापागाइँमाथि पनि सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले मुक्का हानेका छन् ।
राठौरले चापागाईँको मोबाइल खोसी उनीमाथि मुक्का हान्दा चापागाइँको कानमा चोट लागेको छ । उनको राष्ट्रिय खेलकुद परिषद्भित्रको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!