२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सहिद दिवसको अवसरमा अनेरास्ववियु दाङद्वारा दीप प्रज्वलन

Logo
पाण्डब शर्मा प्रकाशित बुधबार, माघ १६, २०८१

 

घाेराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सहिद दिवसको अवसरमा घोराहीको सहिद गेटमा दीप प्रज्वलन गरेको छ ।

अनेरास्ववियु दाङ जिल्ला समितिको आयोजनामा बुधबार दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, पार्टी जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ, पार्टी जिल्ला सचिवालय सदस्य माधव ओली, अनेरास्ववियुका केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज भीमा डिसी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा, विद्यार्थी नेताहरू सर्जन परियार, विराज डिसी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा संगठन दाङका अध्यक्ष प्रदिप बस्नेतले शहीदहरूको त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदले देखाएको बाटोमा सधैं लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला सचिव सविन पोखरेलले अनेरास्ववियु मुलुककै अग्रणीय विद्यार्थी संगठन भएको बताउनुभयो । उहाँले नेपालको विद्यार्थी आन्दोलन अब नयाँ ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!