०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सुदूरपश्चिम प्रदेश डीआईजी गणेश चन्दलाई बैतडीमा बाजागाजासहित स्वागत तथा सम्मान

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ १८, २०८१

 

धनगढी । चन्दलाई शुक्रवार उनको गृहजिल्ला समेत रहेको बैतडीमा सम्मान गरिएको हो।

पुर्ख्यौली घरसमेत रहेको पन्चेश्वरको बन्ना नौला पुगेर उनले गणेश्वर मन्दिर दर्शन तथा श्री उदयदेव महाराज मन्दिर निर्माण कार्यको अवलोकन गरेका हुन्।

सो क्रममा स्थानीय बासिन्दाहरूले बाजागाजा सहित उनलाई भव्य स्वागत गरेका थिए। सोही अवसरमा मन्दिरका पुजारी रघुनाथ भट्ट, मन्दिर समिति सचिव देव बहादुर चन्द, तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दद्वारा उनलाई सम्मान गरिएको थियो।

डीआईजी चन्दले मन्दिर निर्माण कार्यको प्रगति बारे जानकारी लिँदै धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले त्यसका लागि आवश्यक सहयोग गरेको र अब पनि गर्ने प्रतिबद्धता जनाएको उदयदेव महाराज मन्दिर समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]